ne_mat_text_ulb/06/16.txt

1 line
1.4 KiB
Plaintext

\v 16 साथै जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् । \v 17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर । \v 18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिंदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ; अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।