\v 36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ । \v 37 तर तिमीहरूको बोली ‘हो' लाई 'हो', वा ‘होइन' लाई 'होइन' नै भन्ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्टबाट आएको हुन्छ ।