\v 27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’ \v 28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्त्रीलाई अभिलाषाको दृष्टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।