ne_mat_text_ulb/03/10.txt

1 line
1.3 KiB
Plaintext

\v 10 रूखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ । \v 11 म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिं मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका जुत्ता बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ । \v 12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”