ne_mat_text_ulb/27/54.txt

1 line
917 B
Plaintext

\v 54 अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ घटेका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।” \v 55 गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै स्‍‍त्रीहरूले टाढाबाट त्यो हेरिरहेका थिए । \v 56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।