ne_mat_text_ulb/27/45.txt

1 line
808 B
Plaintext

\v 45 अब मध्यान्‍नदेखि दिउँसो तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो । \v 46 तीन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ?” \v 47 जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुनेर भने, “यसले एलियालाई बोलाउँदैछ ।”