ne_mat_text_ulb/27/32.txt

1 line
875 B
Plaintext

\v 32 जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई आफूहरूसँग जान तिनीहरूले कर गरे ताकि त्यसले उहाँको क्रूस बोकोस् । \v 33 तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो । \v 34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।