ne_mat_text_ulb/27/27.txt

1 line
943 B
Plaintext

\v 27 अनि ती हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे र सिपाहीहरूको सारा पल्टनलाई भेला गराए । \v 28 तिनीहरूले उहाँको वस्‍‍त्र खोलिदिए र तिनलाई लाल वस्‍‍त्र लगाइदिए । \v 29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई जय होस्!”