ne_mat_text_ulb/27/11.txt

1 line
1.1 KiB
Plaintext

\v 11 अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?” \v 12 तर जब मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन । \v 13 अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुन्दैनौ?” \v 14 तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण ती हाकिम बडो आश्‍चर्यचकित भए ।