1 line
749 B
Plaintext
1 line
749 B
Plaintext
\v 6 ती मुख्य पूजाहारीहरूले ती चाँदीका सिक्काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।” \v 7 तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने । \v 8 यही कारणले त्यस जमिनलाई आजको दिनसम्म पनि “रगतको जमिन” भनिन्छ । |