ne_mat_text_ulb/26/62.txt

1 line
1.3 KiB
Plaintext

\v 62 प्रधान पूजाहारी उभिए र उहाँलाई भने, “के तँसँग कुनै उत्तर छैन? यी मानिसहरूले तेरो विरुद्धमा दिइरहेको गवाही के हो?” \v 63 तर येशू चूप रहनुभयो । प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तँलाई आज्ञा गर्छु, हामीलाई बता कि के तँ ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र होस्?” \v 64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैंले नै भन्‍नुभएको छ । तर म तपाईंहरूलाई भन्दछु, कि अबदेखि उसो तपाईंहरूले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।”