ne_mat_text_ulb/26/59.txt

1 line
820 B
Plaintext

\v 59 अब मुख्य पूजाहारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झूटो गवाही खोजिरहेका थिए । \v 60 थुप्रै झूटा गवाह अगि आए तापनि तिनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए, \v 61 र भने, “यो मानिसले, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा पुनर्निर्माण गर्न सक्छु’ भन्यो ।”