ne_mat_text_ulb/26/51.txt

1 line
1.3 KiB
Plaintext

\v 51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो, आफ्नो तरवार थुत्यो, र प्रधान पूजाहारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि त्यसको कान काटिदियो । \v 52 त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् । \v 53 तिमी के विचार गर्छौ, के मैले मेरा पितालाई पुकार्न सक्दिनँ र, के उहाँले मेरो निम्ति बाह्र पल्टनभन्दा बढी स्वर्गदूतहरू पठाइदिनुहुन्‍न र? \v 54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍‍त्रले भनेको कसरी पूरा हुने थियो त?”