ne_mat_text_ulb/26/47.txt

1 line
866 B
Plaintext

\v 47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पूजाहारीहरू र मानिसहरूका धर्म‍-गुरुहरूको एउटा ठुलो भीड त्यससँगै आयो । तिनीहरू तरवारहरू र लाठीहरू बोकेर आए । \v 48 अब जुन मानिसले येशूलाई पक्राइदिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”