ne_mat_text_ulb/26/39.txt

1 line
1.1 KiB
Plaintext

\v 39 उहाँ अलि पर जानुभयो, घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।” \v 40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ? \v 41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्‍मा त तयार छ, तर शरीर भने कमजोर छ ।”