ne_mat_text_ulb/26/36.txt

1 line
941 B
Plaintext

\v 36 त्यसपछि येशू तिनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्दा तिमीहरूचाहिं यहीं बस ।” \v 37 उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो । \v 38 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्याधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीं बस र मसँगै जागा रहो ।”