ne_mat_text_ulb/26/27.txt

1 line
830 B
Plaintext

\v 27 उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ । \v 28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ । \v 29 तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैनँ, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिनँ ।”