ne_mat_text_ulb/26/23.txt

1 line
1.1 KiB
Plaintext

\v 23 उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, त्यसले नै मलाई धोका दिनेछ । \v 24 मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्‍कार त्यस मानिसलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।” \v 25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, त्यसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैंले त्यो भनेका छौ ।”