ne_mat_text_ulb/26/17.txt

1 line
1.1 KiB
Plaintext

\v 17 अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?” \v 18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ र त्यसलाई भन, ‘गुरुज्यू भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मनाउनेछु ।'" \v 19 येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र तिनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।