ne_mat_text_ulb/26/14.txt

1 line
884 B
Plaintext

\v 14 त्यसपछि बाह्र जनामध्ये एक जना जसको नाउँ यहूदा इस्करियोत थियो, त्यो मुख्य पूजाहारीहरूकहाँ गयो, \v 15 र भन्यो, “उहाँलाई तपाईंहरूका हातमा पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले त्यसको निम्ति तीसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए । \v 16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई त्यसले मौका खोजिरह्‍यो ।