ne_mat_text_ulb/26/06.txt

1 line
1.0 KiB
Plaintext

\v 6 अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, \v 7 उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍‍त्री उहाँकहाँ आई, र त्यसले त्यो उहाँको शिरमा खन्याइदिई । \v 8 तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो? \v 9 यसलाई ठुलो रकममा बेच्‍न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”