ne_mat_text_ulb/22/34.txt

1 line
601 B
Plaintext

\v 34 तर येशूले सदुकीहरूलाई चूप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू एकसाथ भेला भए । \v 35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको परीक्षा गर्दै एउटा प्रश्‍न सोधे, \v 36 “गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिं कुन हो?”