ne_mat_text_ulb/22/15.txt

1 line
1.3 KiB
Plaintext

\v 15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए । \v 16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बीचमा तपाईंले पक्षपात गर्नुहुन्‍न । \v 17 त्यसैले हामीलाई भन्‍नुहोस् कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”