ne_mat_text_ulb/19/20.txt

1 line
1.1 KiB
Plaintext

\v 20 त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?” \v 21 येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ; र आएर मलाई पछ्याऊ ।” \v 22 तर जब त्यो जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, त्यो साह्रै दुःखित भएर गइहाल्यो, किनभने त्यो धेरै सम्‍पत्ति भएको मानिस थियो ।