ne_mat_text_ulb/19/13.txt

1 line
878 B
Plaintext

\v 13 त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए । \v 14 तर येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।” \v 15 अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो ।