ne_mat_text_ulb/19/10.txt

1 line
1.3 KiB
Plaintext

\v 10 चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।” \v 11 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ । \v 12 किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे, र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए, र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैंलाई नपुंसक बनाए । जसले यो शिक्षा ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस् ।”