ne_mat_text_ulb/19/07.txt

1 line
1.2 KiB
Plaintext

\v 7 तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?” \v 8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन । \v 9 म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारण बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ; र जुन मानिसले त्यागिएकी स्‍‍त्रीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।”