ne_mat_text_ulb/16/21.txt

1 line
1.3 KiB
Plaintext

\v 21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म‍-गुरुहरू र मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो । \v 22 तब पत्रुसले उहाँलाई एकातिर लगे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।” \v 23 तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा! तँ मेरो लागि बाधा होस्, किनकि तैंले परमेश्‍वरका कुराहरूलाई ध्यान दिंदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।”