ne_mat_text_ulb/16/05.txt

1 line
1.0 KiB
Plaintext

\v 5 चेलाहरू अर्को छेउमा आए, तर तिनीहरूले साथमा रोटी ल्याउन बिर्से । \v 6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।” \v 7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।” \v 8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनें भनेर भन्छौ?