ne_mat_text_ulb/15/32.txt

1 line
1.4 KiB
Plaintext

\v 32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भीडमाथि दया लागेको छ, किनकि तिनीहरू तीन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नखुवाइकन यहाँबाट पठाउन चाहन्‍नँ, नत्रता तिनीहरू बाटोमा मुर्छा पर्लान् ।” \v 33 चेलाहरूले उहाँलाई भने, “यस्तो एकान्त ठाउँमा यत्रो भीडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौं?” \v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।” \v 35 त्यसपछि येशूले भीडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो ।