ne_mat_text_ulb/15/21.txt

1 line
1.1 KiB
Plaintext

\v 21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो । \v 22 र हेर, एउटी कनानी स्‍‍त्री त्यस क्षेत्रबाट बाहिर आई । त्यो चिच्‍च्‍याएर कराई र भनी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्, मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छे ।” \v 23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “त्यसलाई यहाँबाट पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछिपछि चिच्‍च्‍याइरहेकी छे ।”