ne_mat_text_ulb/15/12.txt

1 line
995 B
Plaintext

\v 12 त्यसपछि चेलाहरू आए र येशूलाई भने, “फरिसीहरूले यो भनाइ सुन्दा तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?” \v 13 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ । \v 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू अन्धा अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”