ne_mat_text_ulb/15/04.txt

1 line
1.6 KiB
Plaintext

\v 4 किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मर्नेछ ।’ \v 5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा वा आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो" भनेर भन्छ भने, \v 6 त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन ।' यसरी तिमीहरूले आफ्नो परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा \fqa परमेश्‍वरको वचन \fqa* लेखिएको छ र अरू केही प्राचीन प्रतिलिपिहरूमा \fqa परमेश्‍वरको आज्ञा \fqa* लेखिएको छ । यी दुवैमा कुनचाहिं उत्कृष्‍ट छ भनी छान्‍न कठिन छ । \f* बेकम्मा बनाएका छौ ।