ne_mat_text_ulb/14/19.txt

1 line
1.0 KiB
Plaintext

\v 19 अनि येशूले भीडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले ती पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले आशिष् दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भीडलाई दिए । \v 20 तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि तिनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले । \v 21 त्यहाँ खाएकाहरूमध्ये स्‍‍त्री र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।