ne_mat_text_ulb/14/03.txt

1 line
841 B
Plaintext

\v 3 किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती बाँधेर झ्यालखानामा हालेका थिए । \v 4 किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।” \v 5 हेरोदले उनलाई मार्न सक्थे, तर तिनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे ।