ne_mat_text_ulb/13/40.txt

1 line
1.0 KiB
Plaintext

\v 40 त्यसैले जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ । \v 41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले तिनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् । \v 42 तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ । \v 43 तब धर्मी मानिसहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन् । जसको कान छ, त्यसले सुनोस् ।