ne_mat_text_ulb/13/36.txt

1 line
1.2 KiB
Plaintext

\v 36 तब येशूले भीडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको द‍ृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।” \v 37 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले असल बीउ छरे तिनीचाहिं मानिसका पुत्र हुन् । \v 38 खेतचाहिं संसार हो; अनि असल बीउचाहिं राज्यका छोराहरू हुन् । अनि सामाहरूचाहिं दुष्‍टका छोराहरू हुन्, \v 39 र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिं शैतान हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिं स्वर्गदूतहरू हुन् ।