ne_mat_text_ulb/13/24.txt

1 line
793 B
Plaintext

\v 24 येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो खेतमा असल बीउ छर्‍यो । \v 25 तर जब मानिसहरू सुते, तिनको शत्रु आयो, र गहुँका बीच-बीचमा सामा पनि छरेर गयो । \v 26 जब बोटहरू देखा परे र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।