ne_mat_text_ulb/13/10.txt

1 line
884 B
Plaintext

\v 10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भीडहरूसँग किन द‍ृष्‍टान्तहरूमा बोल्नुहुन्छ?” \v 11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन । \v 12 किनकि जोसँग छ, त्यसलाई अझ धेरै दिइनेछ, अनि त्यससँग प्रशस्त हुनेछ । तर जोसँग छैन, त्यससँग भएको पनि त्यसबाट लिइनेछ ।