ne_mat_text_ulb/13/03.txt

1 line
1.0 KiB
Plaintext

\v 3 तब येशूले द‍ृष्‍टान्तहरूमा तिनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बीउ छर्ने मान्छे बीउ छर्न निस्क्यो । \v 4 जसै तिनले छरे, केही बीउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बीउलाई निलिदिए । \v 5 अरू बीउहरूचाहिं ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन । \v 6 तर जब चर्को घाम लाग्यो, ती ओइलाए किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।