ne_luk_text_ulb/05/22.txt

1 line
1.0 KiB
Plaintext

\v 22 तर येशूले तिनीहरूले के सोचिरहेका थिए भनी जानेर जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन यस्तो प्रश्‍न गरिरहेका छौ? \v 23 कुन कुरा भन्‍न सजिलो छ, ‘तिम्रा पाप तिमीलाई क्षमा भएका छन्' भन्‍नु कि 'उठ र हिंड' भन्‍नु? \v 24 तर तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ,"—उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो—"म तिमीलाई भन्दछु, उठ, तिम्रो गुन्द्री उठाऊ र आफ्नो घर जाऊ ।”