ne_luk_text_ulb/05/12.txt

1 line
1003 B
Plaintext

\v 12 जब उहाँ सहरहरूमध्ये एउटामा हुनुहुन्थ्यो, कुष्‍ठरोगले भरिएको एउटा मानिस त्यहाँ थियो । जब त्यसले येशूलाई देख्यो, त्यो घोप्‍टो पर्‍यो र यसो भन्‍दै उहाँलाई बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।” \v 13 त्यसपछि येशूले हात पसार्नुभयो र यसो भन्दै त्यसलाई छुनुभयो, “म इच्छा गर्छु । तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले त्यसलाई छोड्‍यो ।