ne_luk_text_ulb/05/08.txt

1 line
1.1 KiB
Plaintext

\v 8 तर सिमोन पत्रुसले यो देखेर येशूको अगाडि यसो भन्दै घुँडा टेके, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी मानिस हुँ ।” \v 9 आफूले पक्रेका माछाहरू देखेर तिनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए । \v 10 त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पनि चकित भए, जो सिमोनसँग साझेदार थिए । येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।” \v 11 तिनीहरूले आफ्ना डुङ्गालाई जमिनमा ल्याएपछि तिनीहरूले सबै छोडेर उहाँको पछि लागे ।