ne_luk_text_ulb/05/04.txt

1 line
1.3 KiB
Plaintext

\v 4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई अझै गहिरो पानीतिर लैजाऊ र माछाहरू समात्‍नलाई तिम्रा जाल हान ।” \v 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि मेहनत गर्‍यौं, र केहीपनि पक्रन सकेनौं, तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।” \v 6 तिनीहरूले यसो गरेपछि तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले, र तिनीहरूका जाल फाटिरहेका थिए । \v 7 त्यसैले तिनीहरूले अर्को डुङ्गाका साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र दुवै डुङ्गा भरे, जसको कारण ती डुब्‍न थाले ।