ne_luk_text_ulb/04/25.txt

1 line
960 B
Plaintext

\v 25 तर सत्यतामा म तिमीहरूलाई भन्दछु, तीन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिंदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए । \v 26 तर एलियालाई अरू कसैकहाँ नपठाई सिदोन देशको सारपतमा बस्‍ने विधवाकहाँ पठाइयो । \v 27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक अरू कोही पनि निको पारिएन ।