ne_luk_text_ulb/04/20.txt

1 line
1.0 KiB
Plaintext

\v 20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठो बन्‍द गर्नुभयो, सेवकलाई फिर्ता गर्नुभयो र बस्‍नुभयो । सभाघरमा भएका सबैको नजर उहाँमाथि पर्‍यो । \v 21 उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभयो, “आज धर्मशास्‍‍त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ ।” \v 22 त्यहाँ भएका सबैजनाले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति तिनीहरू आश्‍चर्य चकित भए, र तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?"