ne_luk_text_ulb/02/41.txt

1 line
1.2 KiB
Plaintext

\v 41 उहाँका आमाबुबा निस्तार-चाडको निम्ति हरेक वर्ष यरूशलेम जान्थे । \v 42 जब उहाँ बाह्र वर्षको हुनुभयो, उहाँहरू सधैंझैं चाडको निम्ति फेरि जानुभयो । \v 43 चाडको निम्ति पूरै दिनहरू त्यहाँ बसेपछि उहाँहरू घर फर्कन थाल्नुभयो । तर बालक येशू यरूशलेममा नै रहनुभयो, र उहाँका आमाबुबाले त्यो थाहा पाएनन् । \v 44 तिनीहरूले उहाँ तिनीहरूसँगै यात्रा गर्ने दलमा हुनुहुन्छ भनी ठाने, त्यसैले तिनीहरूले एक दिनको यात्रा गरे । त्यसपछि तिनीहरूले उहाँलाई नातेदार र साथीहरूको बीचमा खोज्‍न थाले ।