ne_luk_text_ulb/02/36.txt

1 line
1.1 KiB
Plaintext

\v 36 त्यहाँ एक जना हन्‍ना नामकी अगमवादिनी थिइन् । तिनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । तिनी धेरै वृद्ध थिइन् । तिनी विवाहपछि सात वर्षसम्म आफ्ना पतिसँग बसेकी थिइन्, \v 37 अनि तिनी चौरासी वर्ष विधवा नै रहिन् । तिनले मन्दिर कहिल्यै छोडिनन् तर प्रार्थना र उपवास गर्दै दिनरात सेवा गर्दै थिइन् । \v 38 त्यही समयमा तिनी तिनीहरूका नजिक आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्, र यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई तिनले बालकको बारेमा बताइन् ।