ne_luk_text_ulb/24/25.txt

1 line
897 B
Plaintext

\v 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र अगमवक्‍ताहरूले भनेका सबै कुराहरूमा विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो! \v 26 के ख्रीष्‍टले यी कुराहरू भोग्‍न र आफ्नो महिमामा प्रवेश गर्न आवश्यक थिएन र?” \v 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍‍त्रमा आफ्नो विषयमा भनिएका कुराहरू येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।