ne_luk_text_ulb/21/25.txt

1 line
691 B
Plaintext

\v 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिन्‍हहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूका कारण पृथ्वीमा भएका जातिहरू चिन्तित र व्याकुल हुनेछन् । \v 26 संसारमा आइपर्न लागेका घटनाहरूका डर र आशङ्काले मानिसहरू मूर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।